एक महिनामा धरहरामा ५५ लाखको टिकट बिक्री
गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्म टिकट बिक्रीबापत ५५ लाख रुपैयाँ संकलन भएको हो।
काठमाडौं, पुस ९ : पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ। यस अवधिमा प्रवेश शुल्कबापत् ५५ लाख संकलन भएको छ।
गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्म टिकट बिक्रीबापत ५५ लाख रुपैयाँ संकलन भएको हो।
दैनिक १२ सय हाराहारीले धरहरामा चढ्ने गरेको कामु आयोजना निर्देशक प्रकाश अर्यालले बताए। बुधबार भने धरहरा बन्द हुन्छ
‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन्। जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक राख्ने गरिएको छैन,’ उनले भने, ‘बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो।’
पछिल्लो समय छिमेकीमूलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन्।
धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ।
यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गरिएको छ।










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

