Kathmandu Press

रवि लामिछाने राज्य व्यवस्था समितिबाट निलम्बित  

सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका हुन।
रवि लामिछाने राज्य व्यवस्था समितिबाट निलम्बित  

काठमाडौं, पुस ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट निलम्बित भएका छन्।

सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका हुन।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबरको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्।

लामिछानेको निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ।

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, पुस ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्