Kathmandu Press

बाबु र भाइको हत्या गरेर फरार मिलनले गरे आत्मसमर्पण

खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो।
बाबु र भाइको हत्या गरेर फरार मिलनले गरे आत्मसमर्पण
हत्या गरिएका बुबा कुलप्रसाद आचार्य र छोरा प्रवीण।

भक्तपुर, पुस ९ : भक्तपुरमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोरा मिलन आचार्यले प्रहरी पुगेर आत्मसमर्पण गरेका छन्।

खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो।

गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्क विहीन थिए। उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो।

डेराबाट सम्पर्क विहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका छन्। उनी काठमाडौंको महाराजगञ्ज स्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले मिलनले हत्या गरेको स्वीकार समेत गरेको बताए ।

प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्