Kathmandu Press

तनहुँको आधिखोलामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

मंगलबार बिहान इँटा बोकेको ट्रक हुँदा चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको हो।
तनहुँको आधिखोलामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

तनहुँ, पुस ९ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

मंगलबार बिहान इँटा बोकेको ट्रक हुँदा चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 

ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो। 
स्करपियोमा सवार चार जना सकुसल रहेको प्रहरीले जनाएको छ। 
 
प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्