Kathmandu Press

सरकार सञ्चालनप्रति जनता सन्तुष्ट छैनन् : डिला संग्रोला

बुटबलमा आयोजित साक्षात्कारमा नेतृ संग्रोलाले सरकार जुन उद्देश्यका साथ गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको बताइन्। 
सरकार सञ्चालनप्रति जनता सन्तुष्ट छैनन् : डिला संग्रोला

रूपन्देही पुस ९ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन्।

बुटबलमा आयोजित साक्षात्कारमा नेतृ संग्रोलाले सरकार जुन उद्देश्यका साथ गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको बताइन्। उनले तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिन्।

Hardik ivf

नेपाली कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको र सरकार सञ्चालनमा भएकाहरू अलमलिएको प्रतिक्रिया दिने गरेको उनकाे भनाइ थियाे।

समयमै कांग्रेसको महाधिवेशन हुने बताउदै उनले भनिन–‘वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र नभएर अस्थिरताको अन्त्य सँगै संविधान संशोधनकै लागि कांग्रेस–एमाले एक ठाउँमा आएको हो।’ 

संविधान संशोधनमा निर्वाचन प्रणाली सहितका संरचना संशोधन गर्नका लागि कार्यदल मार्फत प्रक्रिया अगाडी बढाउने बताइन्। 
 

प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्