Kathmandu Press

रवि र छविलाई अदालत उपस्थित गराइयो, छविकाे बयान सुरू

प्रहरीले मंगलबार रविसहित गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो।
रवि र छविलाई अदालत उपस्थित गराइयो, छविकाे बयान सुरू

कास्की, पुस ९ : सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धिकरणलगायत मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४ जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। 

प्रहरीले मंगलबार रविसहित गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो।

Hardik ivf

उनीहरू चारैजनाविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दा दायर गरेको थियो। नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरु भएको हो।

अहिले अदालतमा छविलाल जोशीको बयान भइरहेको र छविको बयान सकिएपछि अन्यको बयान सुरु हुने बताइएको छ। 

रवि र लिलालाई अदालतमै राखिएको छ भने कृष्ण गुरूङ भने विरामी परेकाले अस्पताल लगिएको छ। 

प्रकाशित मिति: ११:३६ बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्