Kathmandu Press

पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै 

महोत्सवमा हट एयर बेलनबाट ५ हजार मिटरसम्म उडान भरेर अन्नपूर्ण, माछापुच्छ्रे धौलागिरीलगायतका हिम शृंखला, फेवाताल, पोखरा बजारको अवलोकन गर्न सकिने गरी एकैपटक विभिन्न रंगका १७ वटा बेलुन उडान हुने महोत्सव हुन लागेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए।
पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै 

पोखरा, पुस ९ : नेपालको पर्यटकीय राजधानी पोखराको फेवाताल सिरान फेवाफाँटमा सोमबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै छ। 

महोत्सवमा हट एयर बेलनबाट ५ हजार मिटरसम्म उडान भरेर अन्नपूर्ण, माछापुच्छ्रे धौलागिरीलगायतका हिम शृंखला, फेवाताल, पोखरा बजारको अवलोकन गर्न सकिने गरी एकैपटक विभिन्न रंगका १७ वटा बेलुन उडान हुने महोत्सव हुन लागेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए।

Hardik ivf

पोखरा र समग्र नेपालको पर्यटन प्रबद्र्धन गर्न अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव हुन लागेको हो। महोत्सव फेवातालको सिरान पामे फाँटमा हुने गरी तयारी गरिएको आयोजकले बताएका छन्। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पुस ९ देखि १७ गते सम्म महोत्सव हुने छ।

महोत्सवमा बिहान ६ बजे अघिदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म हट एयर बेलुनमा उडेर अन्नपूर्ण हिम शृंखला, ताल, पोखरा बजार, फेवाको मुहान क्षेत्रका अवलोकन गर्न सकिने गरी तयारी गरिएको बेलुन नेपालका अध्यक्ष बाडेले बताए। बेलुका ७ बजेदेखि ८ बजेसम्म बेलुन नाइट ग्लो गरिने पनि उनले जानकारी दिए।

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेलसमेत हुने आयोजकले बताएका छन्। राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कबिता नेपाली, लगायतकाले प्रस्तुती दिनेछन् । 

महोत्सवमा नेपालसहित, अमेरिका, बेलायत, अष्टे«लिया, स्पेन लिथुआनिया, थाइल्यान्ड, जापान, इटाली लगायतका १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरूको सहभागिता रहने पोखरा पर्यटन परिषद्ले जनाएको छ । 

२०१८ देखि बेलुन नेपालले पोखरामा ब्यवसायिक हट एयर बेलुन उडान भर्दै आएको बेलुन नेपालका सञ्चालक सविन महर्जनले बताए। बेलुन नेपालले नियमित ३ वटा हट एयर बेलुनमा व्यावसायिक उडान गर्दै आएको छ।

बेलुनमा उडानका लागि नेपालीलाई प्रतिव्यक्ति ११ हजार, सार्क मुलुकका पर्यटकलाई १ सय २० डलर र अन्य देशका पर्यटकलाई १ सय ५० डलर शुल्क लाग्ने आयोजकले बताएका छन्।  अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल आयोजना गर्न ६ करोड खर्च लाग्ने अनुमान आयोजकले गरेका छन्। 

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्