Kathmandu Press

सर्वोच्च अदालत बार निर्वाचनका लागि अध्यक्षमा तीन जनाको मनोनयन 

सर्वोच्च अदालत बार एसोसिएनको नेतृत्व चयनका लागि यही पुस २० गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । 
सर्वोच्च अदालत बार निर्वाचनका लागि अध्यक्षमा तीन जनाको मनोनयन 
फाइल तस्वीर।

काठमाडौं, पुस ८ : सर्वोच्च अदालत बार एसोसिएनको नेतृत्व चयनका लागि यही पुस २० गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । 

निर्वाचन समितिले सोमबार प्रकाशित गरेको सूची अनुसार अध्यक्ष पदमा सोमबार वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल र महेशकुमार थापा तथा अधिवक्ता प्रेमसिंह धामीले उम्मेदवारी दिएका छन्।

पोखरेल नेपाली कांग्रेस निकट हुन्। उनले नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायी संगठनका तर्फबाट साझा उम्मेदवारी दिएका हुन्।

यस्तै, एमाले निकट थापालाई नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा निकट कानुनव्यवसायीको समेत समर्थन छ। 

उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । सचिवमा रमणकुमार कर्ण, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठले उम्मेखदवारी दर्ता गरेका छन्।

सहसचिव (महिलामा) पुनदेवी महर्जन र श्रुतिकुमारी रेग्मीको उम्मेदवारी दर्ता भएको छ।

कोषाध्यक्षमा रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठीको उम्मेदवारी परेको छ।

सदस्य (महिला) मा शशि बस्नेत र सुधा धितालको मनोनयन दर्ता भएको छ । यसपल्ट सर्वोच्च बारको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । 

 

प्रकाशित मिति: २०:१० बजे, सोमबार, पुस ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्