Kathmandu Press

हनी ट्रयाप मुद्दामा इन्स्पेक्टर शाही पाँच लाख धरौटीमा रिहा 

हनी ट्रयाप मुद्दामा इन्स्पेक्टर शाही पाँच लाख धरौटीमा रिहा 

काठमाडौं, पुस ८ : ‘हनी ट्रयाप’ घटनामा ललितपुर जिल्ला अदालतले निलम्वित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसँग सोमबार पाँच लाख रुपैयाँ धरौटी मागेको छ । 

थुनछेक बहस सकिएपछि जिल्ला अदालतले शाहीसँग पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

शाही ललितपुर भैँसेपाटी प्रभागमा प्रमुख प्रहरी निरीक्षक रहेका बेला मुद्दा चलाइएको थियो । शाही अदालतमा आफै अदालतमा हाजिर भएकी थिइन्।

उनीमाथि ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गर्न खोजेको आरोप लागेको थियो ।

अदालतमा बयान सकिएपछि थुनछेक बहस भएको थियो । हनी ट्रयापमा पारेको घटनाका मुख्य योजनाकार बताइएका ताजमुल भन्ने तजम्मुल इस्लाम अदालतबाट पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हनी ट्रयापको आरोपमा मुद्दा दर्ता गरेपछि शाही फरार भएकी थिइन्।

शाही भैँसेपाटी प्रहरी प्रभागको इन्चार्ज हुँदा पीडितलाई नै हिरासतमा राखिएको सीसीटीभी फुटेजबाट फेला परेपछि अनुसन्धानको घेरामा परेकी हुन् । 

प्रहरीकै संलग्नतामा रकम बार्गेनिङका लागि झुटो आरोप लगाएर थुनामा राखेर मोटो रकम लिएर छाडेको आरोप उनीविरुद्ध लागेको छ । अब उनी धरौटी रकम बुझाएर मुद्दाको पुर्पक्ष गर्नेछिन् । 

 

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, पुस ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्