नेपाली शान्ति सैनिकहरूको अदलीबदली
मध्य अफ्रिकी मुलुकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
काठमाडौं, पुस ८: मध्य अफ्रिकी मुलुकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
‘लाइट इनफेन्ट्री बटालिएन’अन्तर्गत तैनाथ महावीर गण (रेञ्जर) को दोस्रो डफ्फालाई बदली गर्नका लागि युद्धभैरव गणको तेस्रो डफ्फाका २२५ शान्ति सैनिकको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ।
उक्त टोलीको नेतृत्व सेनानी हुपेन्द्रलाल रेग्मीले गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत २२५ शान्ति सैनिक स्वदेश फर्केका छन्।
उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रज्ज्वल थापाले गरेका थिए। हाल सो मिसनमा एक हजार २४४ नेपाली शान्ति सैनिक कार्यरत छन्।
प्रकाशित मिति: १८:२९ बजे, सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

