रविलाई सांसदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध
रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले सोमबार सिंहदरबारमा सभामुखलाई भेटेर रविलाई निलम्बन नगर्न आग्रह गरेका छन्।
काठमाडौं, पुस ८ : सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ।
रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले सोमबार सिंहदरबारमा सभामुखलाई भेटेर रविलाई निलम्बन नगर्न आग्रह गरेका छन्।
उनीहरूले कांग्रेस सांसद टेकबहादुर गुरुङको उदाहारण दिँदै रविलाई निलम्बन गर्न नमिल्ने बताएका छन्।
सभामुख घिमिरेले उनीहरुलाई संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय जवाफ दिएको बताएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएका रविलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालयले संघीय संसद सचिवालयलाई आइतबार साँझ नै पत्र पठाइसकेको छ।
प्रकाशित मिति: १५:५८ बजे, सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












