सहकारी ठगीमा चन्द्रागिरी–१२ का वडाध्यक्ष पक्राउ
हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा महर्जन पक्राउ परेको जनाइएको छ।काठमाडौं, पुस ८ : सहकारी ठगीको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।
हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा महर्जन पक्राउ परेको जनाइएको छ। प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो।
उनी उक्त सहकारीका कोषाध्यक्ष रहेको खुलेको छ। अदालतबाट थुना अनुमती लिएर अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ।
प्रकाशित मिति: १५:०० बजे, सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












