अदालतमा रविको बयान लिइँदै
लामिछननेसँगै अभियुक्तहरु पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदै छ। काश्की जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बयान शुरु भएको हो।
कास्की, पुस ८ : सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको काश्की जिल्ला अदालतमा बयान लिने तयारी गरिएको छ।
लामिछननेसँगै अभियुक्तहरु पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदै छ। काश्की जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बयान शुरु भएको हो।
७५ वर्षीय प्रतिबादी कृष्ण बहादुर गुरुङको पहिला बयान लिएपछि लामिछाने र अन्यको बयान शुरु हुने भएको छ।
रास्वपा सभापति लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो।
प्रकाशित मिति: १३:४४ बजे, सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार