रास्वपाको आकस्मिक बैठक बस्ने तयारी
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा आइतबार मुद्दा दायर भएपछि आकस्मिक बैठक बस्न लागेके हो।
काठमाडौं, ८ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक रूपमा सचिवालय बैठक बस्ने तयारी भएको छ।
बैठक आज साँझ ४ बजेका लागि तय भएको छ । रास्वपाका कतिपय नेताहरू उपत्यकाबाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको जनाइएको छ।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा आइतबार मुद्दा दायर भएपछि आकस्मिक बैठक बस्न लागेके हो। बैठकले रास्वपाको कार्यवाहक सभापतिमा उपाध्यक्ष डोलप्रसाद अर्याललाई तोक्ने तयारी छ।
नागरिकता विवादका कारण लामिछानेको सांसद र सभापतिको पद समाप्त भएपछि यसअघि पनि अर्याल नै कार्यवाहक सभापति बनेका थिए।
प्रकाशित मिति: १३:२९ बजे, सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












