Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीबाट आज स्वदेश फर्कंदै

उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर)को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार युरोपबाट भारतको नयाँ दिल्ली पुगेकी थिइन्। 
परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीबाट आज स्वदेश फर्कंदै

काठमाडौं, पुस ८ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कंदैछिन्। 

उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर)को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार युरोपबाट भारतको नयाँ दिल्ली पुगेकी थिइन्। 

उनले शनिबार र आइतबार नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन्। उनी आज साँझ स्वदेश फर्कंने कार्यक्रम छ। 

नयाँ दिल्लीमा कुनै औपचारिक भेटघाटको कार्यक्रम नरहेपनि उनले शुक्रबार शुक्रबार ‘भारत–नेपाल आर्थिक सम्मेलन’मा सहभागी भएकी थिइन्। त्यहाँ सम्बोधन गर्दै उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेकी थिइन्। 

मन्त्री डा. राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरुसँग थप उडानका लागि आग्रह पनि गरेकी थिइन्। 

प्रकाशित मिति: ११:५४ बजे, सोमबार, पुस ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्