Kathmandu Press

सूर्यदर्शन ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पनि अभियुक्त 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनलाई फरार जनाएर मुद्दा दर्ता गरिएको छ। 
सूर्यदर्शन ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पनि अभियुक्त 

काठमाडौं, पुस ७ : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई पनि पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अभियुक्त बनाइएको छ । 

उनीविरुद्ध रास्वपा सभापति रवि लामिछाने, जिवि राई, छविलाल जोशी वञ्जाडेसँगै आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले  २ करोड १४ लाख ८ हजार ८४३ रूपैयाँ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ।

उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि प्रतिवादी बनाइएको थियो । त्यतिबेला उनी धरौटीमा छुटेका थिए।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनलाई फरार जनाएर मुद्दा दर्ता गरिएको छ। 

 

प्रकाशित मिति: १९:३९ बजे, आइतबार, पुस ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्