साई सहकारीका तत्कालीन अध्यक्ष भरत जंगम पक्राउ, पाँच दिन हिरासतमा राख्न अनुमति
यस सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष थिइन्।काठमाडौं, पुस ७ : काठमाडौंको साई स्वागत सहकारीका तत्कालीन अध्यक्ष भरत जंगम पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले जंगमलाई आइतबार दिउँसो पक्राउ गरेको हो। उनलाई आइतबार नै अदालतमा म्याद थपका लागि पेस गरिएको छ।
सरकारी वकिलले जंगममाथि अनुसन्धान गर्न ७ दिनको म्याद मागेको थियो।
काठमाडौं अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सहकारीका बचतकर्ताहरूले उनीविरूद्ध जाहेरी दिएपछि काठमाडौं प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको थियो।
जंगमसहित तत्कालीन कोषाध्यक्ष लुमन दाहाललाई पनि पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाविरूद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको काठमाडौं प्रहरीले जनाएको छ।
यस सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष थिइन्।
प्रकाशित मिति: १९:०१ बजे, आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रविलाई निलम्बन गर्न सरकारी वकिलले संसद सचिवालयलाई पठायो पत्रआइतबार, पुस ७, २०८१
यसकारण रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमाआइतबार, पुस ७, २०८१
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णयहरूआइतबार, पुस ७, २०८१