रवि लामिछानेसहित ४४ जनाविरूद्ध दर्ता भएको ३७५ पेज लामो अभियोगपत्रमा के छ? [पूर्णपाठ]
रवि लामिछानेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ।![रवि लामिछानेसहित ४४ जनाविरूद्ध दर्ता भएको ३७५ पेज लामो अभियोगपत्रमा के छ? [पूर्णपाठ]](https://kathmandupress.com/uploads/posts/rabi,-gb-and-chhabi-1734690716.jpg)
काठमाडौं, पुस ७ : पोखराको सूर्यदर्शन सहकारीको डेढ अर्बभन्दा बढी बचत अपचलनमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ४४ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता गरेको छ।
गोर्खा मिडियाका अध्यक्ष जिबी राई, सञ्चालक समिति सदस्य छबिलाल जोशी, तत्कलीन एमडी रवि लामिछाने लगायत विरूद्ध कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गरेको हो।
कार्यालयले लामिछानेसहित पाँच जनाविरूद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अभियोगपत्र दायर गरेको छ।
सम्पत्ति शुद्धीकरणमा जिबी राईविरूद्ध मात्रै १ अर्ब ८६ करोड ७३ लाख १९ हजार ५१८ रूपैयाँ बिगो दाबी गरिएको छ।
छबिलाल जोशीविरूद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रूपैयाँ, रवि लामिछानेविरूद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ, लिला पछाईंविरूद्ध २४ करोड ६७ लाख ७ हजार ३४ रूपैयाँ र रामबहादुर खनालविरूद्ध १४ करोड ३० लाख ९१ हजार ९११ रूपैयाँ माग दाबी गरिएको छ।
सहकारी ठगीमा रवि लामिछानेविरूद्ध ३ करोड ३७ लाख ६५ हजार, छबिलाल जोशीविरूद्ध ५ करोड २६ लाख ६५ हजार र दिपेश पुनविरूद्ध २ करोड १४ लाख ८ हजार ८४३ रूपैयाँ मागदाबी गर्दै मुद्दा दर्ता भएको छ।
कार्यालयले रवि लामिछानेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ। सम्पत्ति जफतका लागि रविकी श्रीमती निकिता पौडेललाई पनि विपक्षी बनाएर मुद्दा दर्ता गरेको छ।
यस्तो छ पूर्णपाठः








![किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकारहरू आन्दोलित तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_3b604b88-1786601385.jpg)


