काठमाडौं प्रेसकर्मी मरासिनीलाई ‘जेसीज उत्कृष्ट युवा पुरस्कार’
शनिबार सुनसरीको इटहरीमा भएको नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनमा पत्रकार मरासिनीलाई ‘उत्कृष्ट युवा पुरस्कार–२०२४’बाट पुरस्कृत गरिएको हो।
काठमाडौं, पुस ७ : काठमाडौं पेसकर्मी गोविन्द मरासिनी पुरस्कृत भएका छन्।
शनिबार सुनसरीको इटहरीमा भएको नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनमा पत्रकार मरासिनीलाई ‘उत्कृष्ट युवा पुरस्कार–२०२४’बाट पुरस्कृत गरिएको हो।
सो अवसरमा मरासिनीसँगै नौ जनालाई सो सम्मान प्रदान गरिएको थियो। शनिबार आयोजित महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी ओलीलाई सम्मान प्रदान गरेका थिए।

मरासिनीलाई पत्रकारिता र स्वतन्त्र लेखनकार्यमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदान स्वरूप ‘देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रयास’ विधामा मरासिनीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो।
उनी करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन्। मुलतः उनी युवा, पर्यटन, सामाजिक विषयमा कमल चलाउँछन्।
प्रकाशित मिति: १६:३७ बजे, आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

