Kathmandu Press

‘विदेशी लगानीकर्तालाई उत्साहित र स्वदेशीलाई निरुत्साहित गर्ने प्रवृत्ति हाबी भयो’

नेपालका लगानीकर्ताहरुलाई निरुत्साहित हुने र विदेशीमात्र आएर उत्साहित हुने वातावरण सृजना भएको भन्दै नेपालका उद्योगपति एवम व्यापारीहरु लगानीको अवसरबाट वन्चित हुने अवस्था आउने खालका विद्येयक ल्याउन नहुने उनले बताए। 
‘विदेशी लगानीकर्तालाई उत्साहित र स्वदेशीलाई निरुत्साहित गर्ने प्रवृत्ति हाबी भयो’

काठमाडौं, पुस ७ : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले  महंगा आयोजनाहरुमा विदेशी कम्पनीहरुले आएर लगानी गर्ने र स्वदेशी लगानीलाई निरुत्साहित गर्ने प्रवृत्तिको विकास भएकोे बताएका छन्। 

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा भएको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा बोल्दै उनले विदेशी लगानीकर्ताको सवालमा नेपाल आउने, काम गर्ने तर २० करोडमा सम्पन्न हुने आयोजना ६० करोडमा सम्पन्न गरेको उदाहरणहरु रहेको बताए। 

नेपालका लगानीकर्ताहरुलाई निरुत्साहित हुने र विदेशीमात्र आएर उत्साहित हुने वातावरण सृजना भएको भन्दै नेपालका उद्योगपति एवम व्यापारीहरु लगानीको अवसरबाट वन्चित हुने अवस्था आउने खालका विद्येयक ल्याउन नहुने उनले बताए। 

‘नेपालमा विद्युत थोरै भएतापनि निर्यात गर्ने ठाउँमा पुगेको छ। यस्तो बेला नेपालका लगानीकर्ताहरुलाई निरुत्साहित हुने र विदेशीमात्र आएर उत्साहित हुने वातावरण सृजना भयो भने नेपालका उद्योगपति व्यापारीहरु लगानीको अवसरबाट बन्चित हुने अवस्था विद्येयकबाट नहोस भन्ने धारणा हो,’ उलने भने, ‘कतिपय आयोजनाहरु कस्ता छन् भने नेपालमा लगानी गराइदिने विदेशीहरु आउने काम गर्ने २० करोडमा सम्पन्न हुने आयोजना ६० करोडमा सम्पन्न भएको उदाहरणहरू छन्। मंहगा आयोजनाहरु त्यसमा पनि विदेशी कम्पनीहरुले आएर गर्ने स्वदेशीहरु निरुत्साहित हुने प्रवृत्तिको विकास भएको छ।’

बैठकमा सांसद रघुजी पन्तले अहिलेको युगमा विद्युतलाई केवल व्यापारको रुपमा  मात्र नभई राष्ट्रिय सम्पत्ति र शक्तिको रुपमा पनि बुझ्नुपर्ने बताए।

उनले नेपालको विद्युतको बजार भारतमा मात्र सिमित भयो भने अप्ठ्यारोमा पर्न सकिने भन्दै चीनसँगपनि विद्युत बेच्ने पहल गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, पुस ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्