Kathmandu Press

रवि, जिबी र छवि कसलाई कति बिगो?  

उक्त मुद्दामा रास्वपा सभापति रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत ६३ जनालाई प्रतिवादी बनाइएको छ। 
रवि, जिबी र छवि कसलाई कति बिगो?  

काठमाडौं, पुस ७ : सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ। 

उक्त मुद्दामा रास्वपा सभापति रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत ६३ जनालाई प्रतिवादी बनाइएको छ। 

जिल्ला सरकारी वकील कार्यालय काश्कीले दर्ता गरेको अभियोगपत्र अनुसार लामिछानेमाथि झण्डै २८ करोड रुपैयाँ, जीबीमाथि एक अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ र प्रतिवादी छविलाल जोशीमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको छ। 

रवि र छविसँगै अनियमिततामा जोडिएका अर्का प्रतिबादी रामबहादुर खनालमाथि १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो दाबी गरिएको छ। यस्तै, लिला पछाईमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ। 

लामिछाने पत्नी निकितासहित पाँच जनालाई अनियमिताको सम्पत्ति लुकाएको आशंकामा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। निकिताको खातामा गैरकानुनी रुपमा आर्जन गरिएको सम्पत्ति रहेको दाबी अभियोगपत्रमा छ। 

अभियोगपत्रमा निकिताको जस्तै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति पनि जफत गर्नुपर्ने मागदाबी गरिएको छ। 

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, पुस ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्