मुद्दा चले पनि रविको सांसद पद कायमै रहने
संविधानको धारा ८७ मा योग्यता पुगेको कुनै पनि सांसद संघीय कानून अनुसार अयोग्य नभएसम्म पदमा बहाल रहने प्रावधान छ।काठमाडौं, पुस ७ : रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सूर्यदर्शनको सहकारी रकम अपचलन प्रकरणमा मुद्दा चले पनि सांसद पद भने नजाने भएको छ।
संविधानको धारा ८७ मा योग्यता पुगेको कुनै पनि सांसद संघीय कानून अनुसार अयोग्य नभएसम्म पदमा बहाल रहने प्रावधान छ।
अदालतबाट अन्तिम रुपमा अभियोग ठहर नभएसम्म लामिछाने सांसद पदमा रहने छन्। प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा भने तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी अभियोगमा मुद्दा दायर भएर थुनामा रहेमा सांसद निलम्बित हुने भनिएको छ।
पक्राउ परेको सांसदको हकमा नियम २४८ को व्यवस्था आकर्षित हुने भनाई एकाथरी कानुनविद्को छ। तर नियमको भन्दा संविधानमा रहेको व्यवस्था ठूलो हुने भएकाले लामिछानेको पद कायम हुनेछ।
प्रकाशित मिति: १३:५६ बजे, आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्यदर्शन ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पनि अभियुक्त आइतबार, पुस ७, २०८१