Kathmandu Press

सम्पत्ति जफतका लागि रविकी श्रीमती निकितालाई पनि प्रतिबादी बनाइयो 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ। 
सम्पत्ति जफतका लागि रविकी श्रीमती निकितालाई पनि प्रतिबादी बनाइयो 

कास्की, पुस ७ : पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ। 

निकितालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको हो। सम्पत्ति जफतका लागि निकितासँगै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको छ। 

लामिछानेमाथि सहकारीबाट ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग दाबी छ। सरकारी वकीलले उनका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरेको छ। 

रामस्वपाका सभापति लामिछाने, पूर्व डिआइजी छविलाल बन्जाडे जोशीसहितका प्रतिवादीहरूलाई तीन वटा कसुरमा अभियोग पत्र दायर भएको छ। 

ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणको कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो। 

प्रकाशित मिति: १३:५० बजे, आइतबार, पुस ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्