Kathmandu Press

जगाती चोकमा बटुवालाई निःशुल्क खाना

भक्तपुर, वैशाख १० : अरनिको राजमार्ग अन्तरर्गत भक्तपुरको जगाती चोकमा लकडाउनको समयमा गन्तव्यमा पुग्न हिँडेका बटुवालाई निःशुल्क खानाको व्यवस्था गरिए....

जगाती चोकमा बटुवालाई निःशुल्क खाना

भक्तपुर, वैशाख १० : अरनिको राजमार्ग अन्तरर्गत भक्तपुरको जगाती चोकमा लकडाउनको समयमा गन्तव्यमा पुग्न हिँडेका बटुवालाई निःशुल्क खानाको व्यवस्था गरिएको छ। हात धुन पानी ट्यांकी, बस्नका लागि कुर्सीलगायतका सबै व्यवस्था गरिएको जगाति चोकमा सूर्यविनायक नगरपालिका ८ सिपाडोलको संयोजनमा सिपाडोल क्षेत्र परोपकार समाजले बटुवाहरुलाई निःशुल्क खाना खुवाउने गरेको हो। महानगरीय प्रहरी बृत जगातीका सवारी चेकजाँंच क्षेत्रमा अस्थायी टेन्ट राखेर शनिबार बिहानदेखि दाल, भात, तरकारी र अचारसहितको साधारण खाना खुवाउन सुरु गरिएको हो। 

पहिलो दिन शनिबार बिहान एक सय भन्दा वढी सर्वसाधारणले खाना खाएको सिपाडोल क्षेत्र परोपकार समाजका अध्यक्ष मणिरत्न बज्राचार्यले बताए। पछिल्ला दिनमा खाना खाने मानिसको संख्या बढ्दै गएको उनले बताए। बुधबार बिहानसम्ममा करिब पाँंच हजार जनालाई खाना वितरण गरिसकेको उनको भनाई छ। 

राजमार्ग हुँदै हिडेर आएका सर्वसाधारणको सुविधाको लागि निःशुल्क खानाको व्यवस्था गरिएको समाजका संरक्षक बालकृष्ण सापकोटाले बताए। ‘बिहान र बेलुकी दैनिक दुई छाक खाना खुवाउने गरेका छौँ,’ उनले भने।

उक्त कार्यक्रमको लागि समाजले प्रत्येक वर्ष देउसीभैलो खेलेर जम्मा पारेको रकमबाट खर्च गर्दै आएको छ। पछिल्लो समय अन्य सहयोगीहरुबाट पनि दाल, चामल, पानी, तरकारी, नगदलगायतको सहयोग आइरहेको उनको भनाई छ।

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, वैशाख १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्