Kathmandu Press

न्याय परिषद्विरुद्ध आन्दोलन रोकिँदैन : बार अध्यक्ष घिमिरे 

न्याय परिषद्ले आफूले गर्न नसकेका काममा बारलाई दोष दिने गरेको छ। आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा न्यायिक सुधारका लागि सबै मिलेर अगाडि जानुपर्छ,’ घिमिरेले भने। 
न्याय परिषद्विरुद्ध आन्दोलन रोकिँदैन : बार अध्यक्ष घिमिरे 

काठमाडौं, पुस ७ : नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन नरोकिने बताएका छन्। 

बार अध्यक्ष घिमिरेले संवैधानिक व्यवस्था विपरीत न्याय परिषद नियमावली आएको बताए। बार दिवस, २०८१ को अवसरमा आइतबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बार अध्यक्ष घिमिरेले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

न्याय परिषद्ले गैरकानूनी रूपमा नियमावली संशाधन गरेको आरोप पनि घिमिरेले लगाए। ‘न्याय परिषद्ले आफूले गर्न नसकेका काममा बारलाई दोष दिने गरेको छ। आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा न्यायिक सुधारका लागि सबै मिलेर अगाडि जानुपर्छ,’ घिमिरेले भने। 

बारले न्यायपरिषदमा पुसभित्र प्रतिनिधि सिफारिस गरिसक्ने जानकारी पनि उनले दिए। परिषदले एक बर्षअघि संशोधन गरेको नियमावलीको व्यवस्था संविधान भएको भन्दै बारले विरोध गर्दै आइरहेको छ। 

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, पुस ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्