अभियोगपत्रसँगै रविलाई कास्की जिल्ला अदालत लगियो
जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दाको फाइलसँगै लामिछानेलाई पनि जिल्ला अदालतमा उपस्थित गराएको छ।
काठमाडौं, पुस ७ : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा चलाउने प्रयोजनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दाको फाइलसँगै लामिछानेलाई पनि जिल्ला अदालतमा उपस्थित गराएको छ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आठपटक म्याद थपेर अनुसन्धान गरेको थियो।
लामिछानेसँगै पूर्वडीआईजी छविलाल वञ्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी छ।
प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रुपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सरकारी वकीललाई राय दिएको थियो।
प्रकाशित मिति: १३:०८ बजे, आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












