Kathmandu Press

संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा

उनले कांग्रेसले र एमाले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने उल्लेख गरे।
संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा

काठमाडौं, पुस ७ : कांग्रेस महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका दुई ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताए।

Hardik ivf

उनले कांग्रेसले र एमाले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने उल्लेख गरे। उनले दलहरुबीच समझदारी बनाएर न्यूनतम कुराहरू संशोधन गरिने बताए। 

‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ। अब केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ। त्यो संयन्त्र बनाएर यसलाई पनि हामी सम्हाल्छौं। किनकी धेरै एड्भेन्चर गर्ने ठाउँ छैन,’ उनले भने, ‘यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं र त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं।’

उनले २०८४ को चुनावको कुरा गर्दैगर्दा ०८१–०८२–०८३ को जिम्मेवारीबाट भाग्न नपाइने बताए। कांग्रेसले तीन वर्षमा ०८४ मा यो–यो ग¥यौं भन्ने हैसियत बनाएर जानुपर्ने भन्दै सरकारको धेरै फेरबदल र चकचक गर्ने च्याप्टर बन्द गर्नुपर्ने धारणा राखे। 

उनले देशभरीको चुनाव हेर्दा एकदमै धेरै मङ्गो भएको भन्दै यसलाई छलफलको विषय बनाउन आवश्यक रहेको बताए। 
 

प्रकाशित मिति: १२:५५ बजे, आइतबार, पुस ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्