Kathmandu Press

सुनको मूल्य प्रतितोला ११ सय बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ११ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ।
सुनको मूल्य प्रतितोला ११ सय बढ्यो

काठमाडौं, पुस ७ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ११ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको थियो।

आज चाँदी मुल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार सात सय ९० मा कारोबार भएको छ।

 

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, पुस ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्