१३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको जनाएको हो।-1734846528.jpg)
काठमाडौं, पुस ७ : पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो।
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको जनाएको हो।
साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपतगरी अतिरिक्त भएको वर्षायामको विद्युत भातरतर्फ निर्यात गरिएको हो। भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ। नेपाल–भारतबीचको सम्झौता अनुसार विद्युत निर्यात गरिएको हो।
बाढी पहिरो र सुख्खायामका कारण तुलनात्मक रुपमा विद्युत निर्यात घटेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ । त्यसपछिका महिनामा निर्यात घटेको तथ्यांक छ। प्राधिकरणले चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखेको छ।
हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुने प्राधिकरणको भनाइ छ।








![किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकारहरू आन्दोलित तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_3b604b88-1786601385.jpg)


