क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आथित्यमा आज नेपालगन्जमा सम्पन्न १२ औ साधारण सभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा साबित्री गिरीलाई चयन गरेको हो ।काठमाडौं, पुस ७ : क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे बाँकेले नयाँ कार्यसमिति पाएको छ । जसको अध्यक्षमा साबित्री गिरी चयन भईन् ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आथित्यमा आज नेपालगन्जमा सम्पन्न १२ औ साधारण सभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा साबित्री गिरीलाई चयन गरेको हो । यसैगरी उपाध्यक्षमा बिमला चौधरी ,सचिवमा अमृता जैशी (निशु),सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित रहेकी छिन् ।
यसैगरी सदस्यहरुमा सजल गैरे,सुनिता बर्मा ,मन्जु रिजाल,साहिदा बानो,सरला बराल र सविता चन्द ठकुरी लगायत ११ सदस्सिय कार्यसमित चयन भएको डब्लु डब्लु जे बाँकेले जनाएको छ । क्रियाशिल पत्रकार महिलाको अधिवेशनमा निर्वतनमा कोषाध्यक्ष निशु जोशिले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शाहले पत्रकार महिलाको क्षमता विकासका लागि पहल गर्ने बताईन् । उनले आफूले जिवनको लामो समय पत्रकारिता क्षेत्रमा विताएकाले अबका दिनमा नयाँ पुस्ता संग हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा क्रियाशिल पत्रकार महिलालाई आर्थिक रुपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा मंशिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित संघ ,प्रदेश र जिल्लाका पत्रकार महिला र केहि पदाधिकारीलाई सम्मान गरीएको थियो । कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल ,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रक्रृषी चौलागाई , प्रदेश सचिव सरला सुवेदी ,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरुले पत्रकार महिलका मुद्धामा निरन्तर पहल गर्ने प्रतिवद्धता जननाउनु भएको थियो । क्रियाशिल पत्रकार महिलाले आगामी दिनमा पत्रकार तथा श्रमजिवि महिलाका सवालमा निरन्तर सन्डे कल्ब गर्ने ,फेलोसिप कार्यक्रम तथा तालिम संचार गर्ने र पत्रकार महिलाको हक हितका लागि विभिन्न कार्यक्रम गर्ने योजना अधिवेशनमा प्रस्तुत गरेको छ । यी योजनालाई अझै बृहत बनाएर कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष गिरीले बताईन् ।