Kathmandu Press

थुनामा राख्नु अघि स्वास्थ्य परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएपछि आइसोलेसनमा राखियो

सप्तरी, वैशाख १० : मंगलरबार राति थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गरिएको ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ। स....

थुनामा राख्नु अघि स्वास्थ्य परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएपछि आइसोलेसनमा राखियो

सप्तरी, वैशाख १० : मंगलरबार राति थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गरिएको ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ। सप्तरीको डाकनेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको आरोपमा पक्राउ परेका व्यक्तिको स्वास्थ्य परीक्षण र आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए। कोरोना संक्रमणको लक्षण देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ। आरोपित घाइते सोगवीरका भिनाजु हुन्।

सप्तरीको चनही मल्हनिया घर भई ससुरालीमा घरज्वाइँ बस्दै आएका आरोपित र उनका साला सोगवीरबीच जमिनको विषयमा विवाद भएको थियो। कदमको रुख काट्ने विषयमा सोमबार विवादको क्रममा उनले धारिलो हतियार प्रहार गरी सालाको कान छिनिएका थिए। आरोपितले घाँटी ताकेर प्रहार गरेको खुकरी छल्दा कान काटिएको घाइतेले बताए। छिनिएको कान लिएर उपचारका लागि घाइते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेको घाइतेका दाजु रघुवीर रामले बताए। 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आरडिटी पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षणका लागि आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने बताए।

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, वैशाख १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्