कांग्रेस कम्युनिस्ट पार्टी जस्तो हुन लाग्यो, समयमै महाधिवेशन जरुरी छ : डा. कोइराला
‘नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ। पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ। यसका किन्तु परन्तु भन्न पाइँदैन। उनले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ। नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ,’ उनले भने।कैलाली, पुस ६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्।
उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले अबको कांग्रेस बलियो र गतिशील हुनुपर्ने बताए।
पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको उनले बताए।
‘नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ। पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ। यसका किन्तु परन्तु भन्न पाइँदैन। उनले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ। नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ,’ उनले भने।
कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताए।
पार्टीमा एकता नभएको भन्दै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानी सहित जिल्लाका सबै साथीहरुले पहल गर्नुपर्ने बताए।
अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको बताउँदै उनले बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले आफू चिन्तित रहेको बताए।
कोइराला आफूले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आवश्वस्त हुन भने।