सांसदसँग छुट्टाछुट्टै छलफल गर्दै प्रधानमन्त्री ओली
काठमाडौं, वैशाख १० : राजनीतिक दल फुटाउन सजिलो हुने गरि अध्यादेश ल्याएपछि उत्पन्न विवादका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदसँग छलफल सुर....

काठमाडौं, वैशाख १० : राजनीतिक दल फुटाउन सजिलो हुने गरि अध्यादेश ल्याएपछि उत्पन्न विवादका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री ओलीले सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय संसद्का सदस्यसँग छलफल थालेका हुन्। उनीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ।
अहिले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन्। पालैपालो अन्य प्रदेशका सांसदसँग पनि छलफल गर्ने जनाएको छ।
बालुवाटार बोलाएका सुदूरपश्चिम प्रदेशका सांसदसँग अध्यादेश ल्याउनुको औचित्यबारे छलफल भइरहेको जनाएको छ। यससँगै प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि उत्पन्न विवाद, कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा पनि छलफल गर्ने जनाएको छ।
सरकारले सोमबार दुई वटा अध्यादेश ल्याएको थियो। राजनीतिक दलसम्बन्धी अध्यादेशमार्फत पार्टी फुटाउन सजिलो पारिएको थियो भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संवैधानिक आयोग तथा निकायमा नियुक्त गर्न सजिलो हुने गरि संशोधन गरिएको थियो।
यसको नेकपाभित्रै र बाहिर चर्को आलोचना भइरहेको छ। नेकपा नेताहरु समेत यसको विरोधमा छन्।
त्यसै विषयमा जानकारी दिन सांसदसँग छलफल सुरु गरेको जनाएको छ। छलफलमा नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन्।





-1792762148.jpeg)





