Kathmandu Press

चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा मन्त्री सिंह, छिटो काम सक्न निर्देशन

उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न  सरकारले काम गरिरहेको बताए। 
चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा मन्त्री सिंह, छिटो काम सक्न निर्देशन

काठमाडौं, पुस ६ : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन्।

नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न  सरकारले काम गरिरहेको बताए। 

पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्तागठबन्धन बनेको पनि उनले प्रष्ट पारे।  राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए। 

Hardik ivf

सडकमार्गमार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गर्नुभएको चन्द्रागिरी चित्लाङ सडकको अवलोकन पनि गरे। 

सडक निर्माण कार्य शुरू भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उनले चन्द्रागिरी चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए। उनले निर्माण कार्यमा ढिलाई गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए। 

‘यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बागमती प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ,’ उपप्रधानमन्त्री सिंहले भने। 

उनले विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहेपनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगे सबैको साथ जरूरी हुने पनि बताए। चुनावका क्रममा कुनै दलबाट उमेदवार बनेपनि जितेपछि जनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्रविन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिए।

‘जनप्रतिनिधिलाई राम्रो काम गराउनका लागि  स्थानीय वासिन्दाको पनि महत्त्वपूर्ण भूमिका रहन्छ।  यो भएन, त्यो भएन भन्ने अधिकार पनि नागरिकलाई छ। तर, त्यसो भनेर बसेर मात्र भएन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘राम्रो काम गराउनका लागि के गर्नुपर्यो भन्ने कुरा आम जनताले पनि आफ्नो जिम्मेवारीबोध गराउनसक्नुपर्छ, सबै मिल्नुपर्छ।’ 

उनले चन्द्रागिरी चित्लाङ सडक बने सबै नागरिकले सुविधा पाउने भन्दै विकास निर्माणको काम सबैको साझा विषय भएको बताए।

उपप्रधानमन्त्री सिंहले ०४६ सालअघि भन्दा बहुदल आएपछि विकास निर्माणको कामले क्रमिक रूपमा गति लिईरहेको बताए। अहिले केही पनि भएन गलत भाष्य बनाउन खोजिएको भन्दै उनले बहुदलपछि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारमा उल्लेख्य विकास भएपको बताए। 

प्रकाशित मिति: १२:४७ बजे, शनिबार, पुस ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्