सुदूरपश्चिम पुगेर शेखरले भने– कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु
‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ। तर सरकारको कार्यशैली भने सन्तोषजनक छैन,’ उनले भने, ‘म नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट छैन।’
कैलाली, पुस ६ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन्।
सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालालेसम्बोधन गर्दै अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने बताएका हुन्।
‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन। न्याय हुन्छ। त्यसको जिम्मा आफूले लिन्छु। म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको छु,’ उनले भने, ‘विगतमा तपाईंहरुमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईंहरुको पीडा म बुझ्छु। अब १५ औं महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ। तर यसका लागि तपार्इंहरुको सहयोग चाहिन्छ।’
कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै महाधिवेशन समयमै हुनुपर्ने बताए। उनले देश र लोकतन्त्रलाई बचाउन भए पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताए।
नेता कोइरालाले कांग्रेस र एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेकोे दाबी गरे।
‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ। तर सरकारको कार्यशैली भने सन्तोषजनक छैन,’ उनले भने, ‘म नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट छैन।’










![देउवाको स्वागतका लागि विमानस्थलमा कांग्रेस नेताहरू [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786604220.jpg)
![देउवाको अवतरणको समय भएसँगै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ [तस्बिररहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_b80cc2ef-1786603471.jpg)