Kathmandu Press

गाउँमा खानेपनीको व्यवस्था नमिलाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

जाजरकोट, वैशाख १० : जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ। कुटपिटबाट नेपाली घाइते भएको सशस्त्....

गाउँमा खानेपनीको व्यवस्था नमिलाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

जाजरकोट, वैशाख १० : जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ। कुटपिटबाट नेपाली घाइते भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए। कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। 

आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो। गाउँमा  खानेपानीको व्यवस्था नगरेको भन्दै नेपालीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। घाइते अध्यक्ष नेपालीलाई उपचारका लागि सुर्खेत लगिएको छ।

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, वैशाख १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्