Kathmandu Press

ध्यान मावन जातिको कल्याणका निम्ति सकारात्मक छ : प्रधानमन्त्री

विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन्।
ध्यान मावन जातिको कल्याणका निम्ति सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताएका छन्।

विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन्।

संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उनले खुसी व्यक्त गरेका छन्।

‘यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु, सबैमा बधाई भन्न चाहन्छु। शुभकामना भन्न चाहन्छु। यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौं,’ उनले भने, ‘यसबाट लाभ लिऔं, ध्यान मावन जातिको कल्याणका निम्ति यस दिवसलाई मनाउँदै जानुपर्छ, वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगका रुपमा अपनाऔं।’

मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरुलाई पनि स्वस्थ रहन सहयोग पु¥याउनुपर्ने बताएका छन्।
 

प्रकाशित मिति: ११:१२ बजे, शनिबार, पुस ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्