Kathmandu Press

पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन्।
पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं, पुस ५ : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन्।

काठमाडौंका विभिन्न स्थानमा पछिल्लो समय पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएपछि मन्त्री यादवले आज पानी चुहावट भइरहेका ठाउँमा तत्काल पाइप मर्मत गरी नियमित सेवा सञ्चालन गराउन सम्बन्धित निकायलाई निर्देशन दिए।

Hardik ivf

'काठमाडौँका कतिपय ठाउँमा पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएको छ, कतिपय ठाउँमा खानेपानीका पाइप फुटेर पनि पानी चुहावट भइरहेको जनगुनासो छ। पाइप फुटेर पानी खेर गइरहेकाले तत्काल समस्या समाधान गरी नागरिकलाई नियमित र स्वच्छ पानी वितरण गर्नुहोला।' 

मन्त्री यादवले खानेपानीका पाइप फुट्दा दिसापिसाब तथा किटाणुसहित फोहर मिसिएर अस्वस्थकर पानी आपूर्ति हुनसक्ने भएकाले त्यसतर्फ सचेत रही शुद्ध खानेपानी आपूर्ति गराउन निर्देशन दिए।

उनले मेलम्चीको पानीलाई शुद्धीकरण गरेर काठमाडौँका नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ उपत्यकामा पानी चुहावट भएको जनगुनासो आएपछि मन्त्री यादवले आजै काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशनलगायत क्षेत्रमा स्थलगत अनुगमन गरेका थिए।

अनुगमनका क्रममा उनले पानी वितरणका लागि बिछ्याइएका पाइप लाइनको काम यथाशीघ्र सम्पन्न गरी नागरिकलाई शुद्ध पानी वितरण गर्न पनि निर्देशन दिएका थिए।

काठमाडौँ उपत्यकामा सहज रूपमा मेलम्चीको पानी वितरण गर्न अधिकांश स्थानमा खानेपानीका नयाँ पाइप बिछ्याउने काम भइरहेको छ।

प्रकाशित मिति: २०:१० बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्