नेपालमा फेरि देखियो मंकिपक्सको संक्रमण
तनहुँका ३६ वर्षीय एक पुरूषमा सङ्क्रमण पुष्टिकाठमाडौं, पुस ५ : मुलुकमा पुनः मङ्कीपक्स सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।
'साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो,' उनले भने, 'अहिले उनको अवस्था सामान्य छ।'
निजको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ।
दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो।
उनले मंकिपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको बताए।
प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस कम्युनिस्ट पार्टी जस्तो हुन लाग्यो, समयमै महाधिवेशन जरुरी छ : डा. कोइरालाशनिबार, पुस ६, २०८१
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्रीशनिबार, पुस ६, २०८१
निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : ओलीशनिबार, पुस ६, २०८१
चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा मन्त्री सिंह, छिटो काम सक्न निर्देशनशनिबार, पुस ६, २०८१