वडाध्यक्षको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ
धनुषा, वैशाख १० : धनुषाको जनकनन्दनी गाउँपालिकाका वडाध्यक्षको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ। सोमबार आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएपछि उनलाई प्राद....

धनुषा, वैशाख १० : धनुषाको जनकनन्दनी गाउँपालिकाका वडाध्यक्षको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ। सोमबार आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याई स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको खजुरी हेल्थ पोस्टका इन्चार्ज अयोधीप्रसाद साहले जानकारी दिए।
वडाध्यक्ष गत चैत २२ मा भारतको बिहार राज्यको मधुवनीबाट फर्किएका थिए। स्थानीयको दवाबपछि प्रहरीले उनलाई चैत २४ गते खजुरीस्थित क्वारेन्टाइनमा राखिएको थियो।
प्रकाशित मिति: १२:०९ बजे, बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


