Kathmandu Press

एनपिएल फाइनलअघि के भन्छन् जनकपुर र सुदूरपश्चिमका कप्तान ?

एनपिएलमा तेस्रो पटक आमनेसामने हुँदै सुदूरपश्चिम र जनकपुर
एनपिएल फाइनलअघि के भन्छन् जनकपुर र सुदूरपश्चिमका कप्तान ?

काठमाडौं, पुस ५ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ।

एनपिएलको फाइनलमा पुगेका टिमका कप्तानसँग शुक्रबार भएको पत्रकार भेटघाटमा दुवै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।

सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलिको खेलमा शतप्रतिशतका साथ बराबरीको टक्कर दिने बताए।

Hardik ivf

उनले भने, ‘हाम्रो सबै खेल राम्रो नै भएको छ। अब एउटा अन्तिम खेल बाँकी छ।  त्यसमा पनि राम्रो प्रदर्शन गर्ने  योजनामा छौं। क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौं। परिणामको बारेमा सोचेका छैनौं। खेलमा हामी सय प्रतिशत योगदान दिने छौं, बराबरीको टक्कर दिने छौं। खेल हारेर डिमोटिभेट हुने भन्ने हुदैँन। जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ।’

यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास हुने बताए।

उनले भने, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौं। फाइनल खेलका लागि विशेष योजना केही छैन। आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो।’

जनकपुर र सुदूरपश्चिमबीच भोलि हुने भेट एनपिएलको तेस्रो भेट हो। यसअघि लिग चरण र पहिलो क्वालिफायरमा दुई टिम आमनेसामने भएका थिए। दुवै खेल सुदूरपश्चिमले जितेको थियो।

पहिलो क्वालिफायरमा पराजित भएपछि जकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिमसँग तेस्रो भेट पक्का गरेको थियो।

प्रतियोगिताभरि ८ खेल खेलेको सुदूरपश्चिमले चितवन राइनोजसँगबाहेक सबै टोलीलाई पराजित गरेको थियो। पहिलो क्वालिफायरमा पराजित भई दोस्रो क्वालिफायर खेल्दा जनकपुरले प्रतियोगितामा कुल ९ खेल खेलेको छ जसमध्ये  उसले ३ खेलमा पराजय ब्यहोरेको थियो। 

जनकपुरमा नियमित कप्तान अनिल साह घाइते छन्। यसले टिमको प्रदर्शनमा केही असर गर्न सक्छ। फाइनलमा  सुदूरपश्चिमले त्यसलाई उपयोग गर्न सक्नेछ। 

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन्।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ।

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्