छुट्ने भए दुर्गा प्रसाईं, सर्वोच्चले दियो रिहा गर्न आदेश
रिटको सुनुवाइमा सर्वोच्चले प्रसाईंलाई चौबीस घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
काठमाडौं, पुस ५ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको हो।
प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्नो बुवालाई गैरकानुनी रूपमा हिरासतमा राखेको भन्दै सर्वोच्चमा मंगलबार बन्दी प्रत्येक्षीकरणको रिट दिएका थिए।
रिटको सुनुवाइमा सर्वोच्चले प्रसाईंलाई चौबीस घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
सर्वोच्चको आदेश अनुसार शुक्रबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो। न्यायाधीश सुवेदीद्वयको इजलासले उनलाई रिहा गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो समय प्रसाईंमाथि संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको थियो।
कम्बोडिया प्रकरणमा अदालतले धरौटीमा रिहा गरेपनि उनीविरूद्ध संगठित अपराधमा अनसन्धान गर्न प्रहरीले फेरि पक्राउ गरेको थियो।
शुक्रबारको आदेशसँगै प्रसाईं हिरासतमुक्त हुनेछन्।









![सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_746953ab-1786608907.jpg)

