Kathmandu Press

जिबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, रवि र छविविरुद्ध आइतबार दर्ता हुने

जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र फरार रहेका जिबीसहित १९ जनाविरुद्ध शुक्रबार साँझ जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो।
जिबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, रवि र छविविरुद्ध आइतबार दर्ता हुने

कास्की, पुस ५ : सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भइ फरार रहेका गोर्खा मिडिया प्रालिका सञ्चाकल जिबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दार्ता भएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र फरार रहेका जिबीसहित १९ जनाविरुद्ध शुक्रबार साँझ जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो।

यस्तै, यही प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका गोर्खा मिडियाका सञ्चालक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्का सञ्चालक छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध भने आइतबार मात्र मुद्दा दर्ता हुने कास्की प्रहरीले जनाएको छ। 

सूर्यदर्शन सहकारीमा बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत बर्षको भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो। 

पक्राउ पुर्जी भएकामध्ये जिबी राईसँगै उनका दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई फरार छन्। 

यस्तै, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर र ऋण अधिकृत बुद्धि गुरुङ  फरार छन्।

प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, पुस ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्