Kathmandu Press

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी, रवि र छविसहित डेढ दर्जनमाथि मुद्दाको तयारी 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध भने आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ। 
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी, रवि र छविसहित डेढ दर्जनमाथि मुद्दाको तयारी 

कास्की, पुस ५ : कास्कीकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राई, रवि लामिछानेसहित १९ जनाविरुद्ध सरकारी वकील कार्यालयले आज मुद्दा दर्ता गर्ने तयारी गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध भने आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ। 

Hardik ivf

पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता लागिएको छ। सूर्यदर्शन सहकारीमा बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत बर्षको भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो। 

जीबी राइ समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले सरकारी वकील समक्ष बुझाएको प्रतिवेदनमा जनाइएको छ ।सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको अनुसन्धानको निष्कर्ष छ। 

२०६५ सालमा जीबी समूहले सूर्यदर्शन सहकारी स्थापना गरेको थियो। संसदीय छानविन समितिको प्रतिवेदनमा उक्त सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको उल्लेख छ।
 

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्