संघीयता चाहिँदैन भन्नेहरूमा बुझाईको अभाव छ : सभामुख
‘आज संघीयता चाहिँदैन भन्ने टिप्प्णीहरू भइरहेको छन्। संघीयता व्यवहारिक भएन यसको दुरुपयोग बढी भयो भन्ने जस्ता कुरा भएको छ। यो कुरा विचार र बुझाईको अभावमा आइरहेका छन्,’ उनले भेन।-(20)-1734689089.jpg)
काठमाडौं, पुस ५ : सभामुख देबराज घिमिरेले विचार र बुझाईको अभाव हुनेहरुले संघीयता चाहिँदैन भन्ने टिप्पणी गरिरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले संघीयता कार्यान्वयनमा भएका योगदानहरुको बारेमा समिक्षा गर्नको साटो संघीयता नै चाहिँदैन भन्ने खालका गलत टिप्पणीहरु भइराखेको बताए।
‘आज संघीयता चाहिँदैन भन्ने टिप्प्णीहरू भइरहेको छन्। संघीयता व्यवहारिक भएन यसको दुरुपयोग बढी भयो भन्ने जस्ता कुरा भएको छ। यो कुरा विचार र बुझाईको अभावमा आइरहेका छन्,’ उनले भेन।
फरक प्रसंगमा सभामुख घिमिरेले तुलनात्मक रुपमा बढी महत्व भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन संसदमा जति मात्रामा छलफल हुनु पर्ने हो त्यो भन्दा ज्यादै न्यून रहेको गुनासो गरे।
प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_746953ab-1786608907.jpg)

