Kathmandu Press

नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री राणा

‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ। ती दुवै संसारकै लोकप्रिय सहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामी पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौँ,’ उनले भनिन्।’
नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं, पुस ५ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्। 

भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स’लाई प्रमुख सम्बोधन गर्दै मन्त्री डा. राणाले उक्त भनाई राखेकी हुन्। सम्वोधनकाक्रममा नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको भनाई मन्त्री राणको थियो। 

‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ। ती दुवै संसारकै लोकप्रिय सहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामी पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौँ,’ उनले भनिन्, ‘त्यसैले नेपालले यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि थप हवाई रुट चाहेको छ।’

Hardik ivf

मन्त्री राणाले नेपालले ती विमानस्थल महँगो खर्चमा निर्माण गरेकाले तिनलाई पूर्ण रुपमा कामयाबी बनाउनका लागि पनि आफ्ना छिमेकीसँग सहयोगको याचना गरिरहेको बताइन्। भारतीय एयरलाइन्सहरुलाई नेपालमा थप उडानका लागि मन्त्री राणाले आग्रह गरिन्। 

उनले नेपाल सरकारले भारतका निजी एयरलाइन्सहरुलाई नेपालमा उडानका लागि पनि आग्रह गरिन्। सो क्रममा नेपाल सरकारले यसका लागि धेरैभन्दा धेरै सहुलियत प्रदान गर्ने जानकारी मन्त्री राणाले गराएकी थिइन्। 

‘यी विमानस्थलहरुको सञ्चालनमार्फत दुई देशबिचको पर्यटन प्रवर्द्धन हुने त छँदैछ, अझ त्योभन्दा पनि ठुलो कुरा त दुई देशका जनता जनताबिचको सम्पर्क र सम्बन्धलाई थप विस्तारित गर्ने छ,’ उनले भनिन्। 

नेपालले अतिरिक्त हवाई रुट प्राप्त गर्ने र यी दुवै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सके नेपाल र भारतका पर्यटकीय सम्भावनाहरु थप उजागर हुनुका साथै दक्षिण एसियाकै कनेक्टिभिटीमा पनि थप सहयोग पुग्ने धारणा मन्त्री राणाको छ। 

नेपाल र भारतका धार्मिक र सांस्कृतिक पर्यटनको अधिक सम्भावनाहरुको चर्चा गर्दै उनले रामायण सर्किट र बुद्ध सर्किट जस्ता संयुक्त पहललाई प्रभावकारी रूपमा प्रवर्धन गरेर दुवै देशले पर्यटनबाट पारस्परिक लाभ लिनसक्ने र यसका लागि संयक्त सहकार्य आवश्यक पर्ने धारणा राखिन्। 

सम्मेलनमा मन्त्री डा. राणाले नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह समेत गरिन् । भारत नेपालमा सबैभन्दा ठुलो लगानी गर्ने राष्ट्र रहेको बताउँदै उनले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रशस्त सम्भावना र अवसरहरूबाट लाभ लिन पनि आग्रह गरिन्। 

प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्