Kathmandu Press

देउवा सबैको साझा सभापति : नेता कोइराला  

उनले अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको भनाई पत्रकारसँग राखे। 
देउवा सबैको साझा सभापति : नेता कोइराला  

धनगढी, पुस ५ : १५औं महाधिवेशनको अभियानमा सुदुरपश्चिम पुगेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको बताएका छन्। 

शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग उक्त भनाई राखेका हुन्। नेता कोइरालाले देउवा सबैको साझा सभापति भएको बताए। 

Hardik ivf

महामन्त्री थापासँग पनि कुनै विवाद नभएको दाबी उनको छ। उनले अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको भनाई पत्रकारसँग राखे। 

महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको भनाई कोइरालाको थियो। नेता कोइरालाले शुक्रबार सुदूपश्चिमका नेताकार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ। 
 

प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्