बेचन झाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश
जिल्ला र उच्च अदालतले थुनामा पठाउने आदेश दिएपछि झाले पुस १ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
काठमाडौं, पुस ५ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले दिएको निवेदनमा सर्वोच्चले उच्च अदालतबाट कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।
जिल्ला र उच्च अदालतले थुनामा पठाउने आदेश दिएपछि झाले पुस १ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
जिल्ला र उच्चबाट पुर्पक्षका लागि थुनामा राख्न भएको आदेश बदर हुनुपर्ने माग गर्दै झाले सर्वोच्चमा दिएको निवेदनमा सुनुवाईका लागि शुक्रबार पेशी तय भएको थियो।
जिल्ला अदालतको थुना आदेश सदर गर्दै उच्च अदालतले गत पुस १ गते झालाई थुनामै राख्न आदेश दिएको थियो।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको सुनुवाईपछि उच्चबाट थुनामै राख्नेगरी भएको आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश भएको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजनाकारको भूमिका खेलेका अभियोगमा झामाथि ठगी, लिखत किर्ते, राज्य विरुद र संगठित अपराध सम्बन्धी कसुरको अभियोग लगाइएको छ।










![सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_746953ab-1786608907.jpg)
