Kathmandu Press

नयाँ पर्यटन नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ : मन्त्री पाण्डे

‘मुलुक संघीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन। नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ। यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ,’ मन्त्री पाण्डेले भने। 
नयाँ पर्यटन नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ : मन्त्री पाण्डे
फाइल तस्बिर।

चितवन, पुस ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन्। 

शुक्रकार चितवनमा पत्रकारहरुसँगको कुराकानीका क्रममा मन्त्री पण्डेले नयाँ पर्यटन नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै त्यसका लागि सरोकारवाहरूसँग छलफल गरिरहेको बताए।

Hardik ivf

‘मुलुक संघीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन। नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ। यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ,’ मन्त्री पाण्डेले भने। 

पर्यटन नीतिसँगै ऐन पनि बनाउने तयारी भइरहेको उनले बताए। 

यस्तै, मन्त्री पाण्डेले सरकारले भ्रमण दशक भनेर सन् २०२२ मा घोषणा गरिएको भए पनि त्यसको कार्यायोजना बनाएर सन् २०२५ देखि २०३५ सम्मलाई भ्रमण दशक मनाउने तयारी मन्त्रालयको रहेको  सुनाए। 

‘यो विषयमा मन्त्रालयमा विषयगत समितिको देस्रो बैठक बसिसकेको छ। उक्त समितिले पर्यटन क्षेलाई कसरी रुपान्तरणमा लिएर जाने, पर्यटकीय क्षेत्रको सम्भावना कसरी बढाउने, यसका माध्यमबाट रोजगारी कसरी सृजना गर्ने, देशको अर्थतन्त्रमा कसरी योगदान बढाउने भन्ने विषयमा छलफल भएको छ,’ उनले भने।

मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसको परिणाम आउन केही समय लाग्ने बताए। 

प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्