Kathmandu Press

प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिएका थिए।
प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिएका थिए।

प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास व्यक्त गरेका थिए। 

सो अवसरमा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बंगलादेशले शिक्षा लिँदै आएको बताएका थिए। 

भेटमा दुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो। 

राजदूत चौधरी नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कँदै छन्। 

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्